बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंक स्थापना

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका अन्तगर्त पर्ने गाभरभ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंक स्थापना गरिएको छ ।

विभिन्न प्रजातीका मौरी तथा सुक्ष्म किराहरुको संरक्षण गर्नुका साथै जैविक विविधताको समेत संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको सामुदायिक जीन बैंकको मंगलबार उद्घाटन गरिएको हो । राष्ट्रिय जीन बैंक (नार्क) का प्रमुख डा. बालकृष्ण जोशीले सामुदायीक जीन बैंकको उद्घाटन गर्दै नेपालमा साुमदायिक बीउ बैंक ४० वटा भएपनि साुमदायिक जीन बैंक भने यो नै पहिलो भएको बताए । ‘यसको संरक्षण, सदुपयोग र अन्तराष्ट्रिय बजारमा लाने भन्ने हिसावले अभियान स्थापना भएको यो पहिलो हो’ उनले भने ‘यसको संरक्षण, प्रर्वद्धन एवं विस्तारमा ध्यान दिनुपर्दछ ।’


कार्यक्रममा रैथाने एग्रि प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले होमस्टे संचालित गाभरमा सामुदायिक जिन बैंकमार्फत किरा प्रजातीका साथै जैविक विविधता संरक्षण गरिने बताए । ‘यसले पर्यापर्यटनका साथै समुदायको आयआर्जनमा मद्यत पुग्ने छ’ उनले भने ।
आधुनिकताको प्रयोग संगै प्राकृतिक बासस्थान नष्ट भएपछि विभिन्न प्रजातीका मौरीलगाएत विविध सुक्ष्म किराहरु लोपोन्मुख अवस्थामा रहेका छन । जीन बैंक अन्तगर्त वातावरणका लागि किरा संरक्षण गरेर थोरै भएपनि योगदान दिन सकिन्छ की भनेर जीन बैंक स्थापना गरिएको गाभरभ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताए ।

किरा प्रजाती संरक्षणको लागि बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा दुई दिने तालिम आयोजना गरिसकिएको छ भने ६ बुँदे गाभरभ्याली घोषणापत्र २०७८ जारी गर्दै सामुदायिक जीन बैंक संरक्षण सन्जाल समेत गठन गरिएको छ ।