दक्षिण एशियामा नेपाल खुसी देश

नेपालगन्ज : नेपाल दक्षिण एशियामा नेपाल खुसी देश भएको छ ।
संयुक्त राष्ट्रसंघको दीगो विकास समाधान नेटवर्कले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनमा नेपाल ५.३७७ अंकसिहत विश्वको ८४अौं सूचीमा छ । जुन दक्षिण एशियाका देशमा सबैभन्दा माथि हो । बंगलादेश दक्षिण एशियाको दोस्रो खुसी देश भएको छ । सूची अनुसार फिनल्यान्ड विश्वको खुसी देश हो । फिनल्यान्डले लगातार ५ वर्षदेखि यो शीर्ष स्थान कायमै राखेको छ ।