जसपाद्वारा डुडुवामा युवा संगठन विस्तार

रमेशकुमार यादव । बाल्दीपूर्वा
जनता समाजवादी पार्टी बाँकेले डुडुवा गाउँपालिकाभित्र युवा संगठन विस्तार गरेको छ ।
सोमबार बाल्दीपूर्वामा युवा भेलाबाट अध्यक्ष अब्दुल वाहिद शाह, उपाध्यक्ष मनोज विश्वकर्मा, बाजे पासी, सुरेश यादव, सचिव हरजित सिंह, सह-सचिव होली खटिक, अजिज शेष कोषाध्यक्ष अमीर उल्ला खाँ लगायत ५१ सदस्यीय समिति गठन गरिएको छ। डुडुवा गाउपालिका अध्यक्ष दुर्गाप्रसाद वर्माको अध्यक्षता गठन गरिएको छ । कार्यक्रममा जसपा सचिव राजेन्द्र विश्वकर्मा, लुम्बिनी प्रदेश सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष पद्का उम्मेदवार भण्डारीलाल यादव, क्षेत्रीय अध्यक्ष सूर्यलाल यादव र युवा नेता रविन्द्र चौधरीलगायतले मन्तव्य राखेका थिए । यसअघि वडा न २, ३, ४, युवा समिति गठन भइसकेको छ ।