कम्दीको जंगलमा बन्यो ५ किलोमिटर साइकल ट्रेल

कम्दी (बाँके) : बाँकेमा कम्दीको जंगलभित्र साइकल ट्रेल निर्माण गरिएको छ ।
बाँके जिल्ला साइकलिङ्ग संघको अगुवाइ तथा नेपालगन्ज साइक्लिङ क्लबको सहकार्यमा नेपाली सेनाको भैरवप्रसाद गणका २० जना सैनिकले ५ दिन लगाएर डुडुवा गाउँपालिका–५ स्थित बाबुकुवा सामुदायिक वनभित्र सिद्धि विनायक एमटीवी साइकल ट्रेल निर्माण गरेको बाँके जिल्ला साइकलिङ्ग संघका अध्यक्ष गगन थापाले बताए । भैरवप्रसाद गणका गणपति जनमत कार्कीले शनिबार ट्रेलको उद्घाटन गरे । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौला माउण्टेन बाइक चलाउने बाँकेका साइकल यात्रीका लागि नियमित प्रशिक्षण गर्ने थलो उपलब्ध भएको बताउँछन् ।