राप्तीसोनारी-६ का ५ स्थानमा टाइफाइडविरुद्धको खोप लगाइँदै
रमेशकुमार यादव । कमैयाडाँरा
बाँकेको राप्तीसोनारी-६ का ५ स्थानमा टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।
अधारभूत स्वास्थ केन्द्र कमैयाडाँराका प्रमुख नियमत अलि साइका अनुसार सिद्धेश्वर मावि सिधानवा, सरस्वती विद्यालय पनेरिया, नेपाल राष्ट्रिय निमावि डाराटपरी, राप्ती पब्लिक बोडिङ्ग ,र अधारभुत स्वास्थ केन्द्र कमैयाडारामा २३ चैतदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
सोमबार सुकमैया नेराप्रवि समुदायका विद्यालय ५ जना शिक्षक र १२ जना स्वयंसेवकलाई १ दिने अभिमुखीकरण गरिएको थियो । अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको निःशुल्क खोप लगाइनेछ । टाइफाइड रोग दुषित पानी र दिसाबाट लाग्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार टाइफाइड रोगबाट विश्वमा हरेक वर्ष १ लाख ६१ हजार जनाको ज्यान जाने गरेको छ ।