नरैनापुरका अग्नी पीडित १६ परिवारलाई नगद १५ हजारसहित राहात वितरण

नरैनापुर नरैनापुर–४ कृष्णनगरका अग्नी पीडितलाई राहात वितरण गरिँदै । फोटो सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारला परिवारलाई नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार नगद र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको हो ।


राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव, गाँउपालिकाका जनप्रतिधिहरु समेत उपस्थिति रहेको थियो । यस अघि पालिकाको तर्फबाटट पनि खाद्य सामाग्री, त्रिपाल लगायतका सामग्री उपलव्ध गराइएको थियो ।