वीपी चोकमा कारको ठक्करबाट मृत्यु हुने हजुरआमा/नाति र अर्का घरबेटीको छोरा

नेपालगन्ज : कारको ठक्करबाट नेपालगन्जमा हजुरआमा र नातिसँगै तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार आइतबार राति १२ बजेतिर सुर्खेत रोडको वीपी चोक क्षेत्र नजिक नेपालगन्ज–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापाले चलाएको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगन्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हो । समिना र कसिम हजुरआमा र नाति हुन् भने अन्सारी इद्रिसीको घरबेटीको छोरा हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको सीसीटिभी भिडियोमासडक पेटीको छेउछाउबाट तीन जना अगाडि र दुई जना पछाडि हिँडिरहेको देखिन्छ । अगाडिका तीनै जनालाई निकै तीब्र गतिमा रहेको कारले आक्रमण गरेको देखिएको छ । डीएसपी न्यौपानले चालक थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएका छन् ।