जसपा डुडुवा गाउँपालिका युवा संघको अध्यक्षमा चौधरी

   

रमेशकुमार यादव । बनकट्टी
बाँकेको डुडुवा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)को युवा संघको अध्यक्षमा रविन्द्र चौधरी निर्वाचित भएका छन् ।
पूर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र न २ का जसपाबाट निर्वाचित सांसद मोहम्मद इतियक राईको प्रमुख अतिथ्यमा डुडुवाको बनकट्टीमा बुधबार आयोजना गरेको युवा भेलाले चौधरीको अध्यक्षतामा ७२ सदस्यीय समिति सर्वसम्मत् रुपमा गठन गरिएको हो । समितिको उपाध्यक्ष प्रज्जवल चौधरी, रियजुदिन खान ,र सुरेश यादव, सचिव शाइद खान र विश्वनाथ मार्याका साथै कोषाध्यक्षमा मेराज खान निर्वाचित भएका हुन् ।

राईले विगतमा आफू मन्त्री हुँदा गरेको विकास निर्माणका काम स्मरण गराउँदै जनताको सेवाका लागि फेरि पनि जसपालाई मत दिन आग्रह गरे । उनी मन्त्री भएकै बेला ६५ करोड रुपैयाँको लागतमा भेरी अस्पतालको ५०० शैयाको अस्पताल भवनको निर्माण अन्तिम चरणमा छ । डुडुवामा सडक सञ्जाल निर्माण कार्य सुरु भइरहेको छ । जसपाबाट डुडुवा गाउँपालिकाको अध्यक्ष पद्का उम्मेदवार भण्डारीलाल यादवले गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषिमा क्षेत्रलाई आफूले प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रिय भूमि अयोगका बाँके अध्यक्ष श्रवणकुमार यादव, जसपा जिल्ला अध्यक्ष कमरुदिन राई, पार्टीका डुडुवा गाउँपालिका अध्यक्ष दुर्गा वर्मा लगायतले निर्वाचित युवाहरुलाई शुभकामना दिएका थिए ।