हनुमान जयन्तीमा नेपालगन्जमा शोभा यात्रा

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुले हनुमान जयन्तीको अवसरमा शनिबार नेपालगन्जमा शोभा यात्रा निकालेका छन् ।
रथसहित हात हातमा लठ्ठीमा हनुमानको ध्वजा बोकेका भक्तजनले नगर परिक्रमा गरेका थिए । मोटरसाइकल याली पनि निकालिएको थियो । मोटरसाइकल र गाडीमा यात्रा गर्नेले पनि झन्डा बोकेका थिए । त्रिभुवन चोकलगायतका स्थानमा हनुमानको प्रसाद र सर्वत बाँडिएको थियो । हनुमानको पूजा पाठ गर्ने एवम् मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।