मुस्लिम समुदायको रोजा इफ्तारमा एमाले अध्यक्ष ओली

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुस्लिम समुदायले नेपालगन्जमा आयोजना गरेको रमजान पर्वको रोजा इफ्तारमा सहभागी भएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले शनिबार नेपालगन्जमा आयोजना गरेको रोजा इफ्तारमा सहभागी भएका अध्यक्ष ओलीले रमजानलाई सामाजिक सद्भाव र एकताको पर्वका रुपमा व्याख्या गरे । नेपाल भौगोलिक विविधता र सामाजिक सदभाव, बहुभाषिक बहुधार्मिक मुलुक भएको बताउँदै पारस्परिक सहिष्णुता आजको आवश्यकता भएको बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत केन्द्रीय नेताहरु सहभागिता रहेको थियो ।