कांग्रेसद्वारा नेपालगन्जमा १४ र कोहलपुरमा १३ जनाको नाम नगर प्रमुखमा सिफारिस

नेपालगन्ज : नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा १४ जना र कोहलपुर नगरपालिकामा १३ जनाको नाम नगर प्रमुखमा सिफारिस गरेको छ ।
नेपालगन्ज नगर समिति सभापति प्रशान्त विष्टका अनुसार नगर प्रमुखमा उपमहानगरको बहालवाला उप–प्रमुख उमा थापा मगर, अघिल्लो निर्वाचनका निकतम् प्रतिद्वन्द्वी डा.सुरेशकुमार कनोडिया, पार्टीका नगर अध्यक्ष प्रशान्त विष्ट, रमेशकुमार गुप्ता, सुनिल राणा, निरञ्जनसिंह सिजापति, माया पुन, अजितकुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्युत प्रसाई, ललित रौनियार, मो.कादिर जोलाहा र दिवाकर खनाल रहेका छन् । त्यसैगरी उप–प्रमुखमा रेणु सिंह ठाकुर, दीक्षा कोइराला, शिवकुमार वर्मा, पूर्णसिंह ठकुरी, मीनाकुमारी बोहरा, नारायणी रुपाखेती, मोहम्मद कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ताको नाम सिफारिस गरिएको छ ।
कोहलपुर नगरपालिकाको प्रमुखका लागि कांग्रेसले १३ जनाको नाम सिफारिस गरेको छ । नगर सभापति वीरेन्द्र शाहले केन्द्रीय परिपत्र अनुसार बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, सन्जुकुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निमबहादुर चलाउने (निरज), भुम भण्डारी, चुडामणि कँडेल, नरबहादुर मल्ल र जागेश्वर थारुको नाम सिफारिस गरिएको बताए । यस्तै उपमेयरमा अन्जना पाण्डे, मीना सिग्देल, द्रोपती वली, केशकुमारी वली र संगीता पौडेल सिफारिस भएका छन् ।