बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगन्ज : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोगले बिहिबार शिक्षा विकास तथा समन्वय एकाई नेपालगन्जको नव निर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेको हो । त्यस्तै जिल्लाका विभिन्न पालिकाहरुमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले कार्यालयको ब्यानर पढेर औपचारीक रुपमा उद्दघाटन गर्दै कार्यालय स्थापना भएको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखेको छ ।