बाँके-बर्दियामा निर्वाचनका ४ दिन मदिरा निषेध

नेपालगन्ज : स्थानीय तहको निर्वाचनका बेला बाँके र बर्दियामा चार दिन मदिरा निधेष गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाले सोमबार सूचना प्रकाशित गरी निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २७ गते राति १२ बजेदेखि बैशाख ३० गते निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन पूर्णरुपमा निषेध गरिएको छ । सूचना विपरितको कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत प्रशासनले जनाएको छ ।