बर्दियामा तीन बजेसम्म ५५ प्रतिशत मतदान

गुलरिया : स्थानीय तह निर्वाचन अन्तगर्त बर्दियामा शुक्रबार दिउँसो तीन बजेसम्म ५५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार कूल मतदाता तीन लाख ११ हजार ४१० मध्ये शुक्रबार दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको हो । अहिलेसम्म जिल्लाको बारबर्दिया नगरपालिकामा २६ हजार २३५ मत, राजापुर नगरपालिकामा २४ हजार १०१, गुलरिया नगरपालिकामा २३ हजार १३४ मत खसेको छ । त्यस्तै बाँसगढी नगरपालिकामा २० हजार ९२६, बढैयाताल गाउँपालिकामा २२ हजार ५२३, ठाकुरबाबा नगरपालिकामा १८ हजार ४१३ र गेरुवा गाउँपालिकामा १४ हजार २७७ मत खसेको छ ।