टीकापुर ८ र ९ मा माओवादी केन्द्र र ५ मा नागरिक उन्मुक्ति पार्टी विजयी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा ३ वटा वडाको मत परिणाम घोषणा हुँदा २ वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

टीकापुर ८ को वडाध्यक्षमा दीर्घबहादुर ठकुल्ला दोस्रो कार्यकालका लागि पूरै प्यानल सहित निर्वाचित भएका छन् । उनले ८ सय ४७ ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर साउँदले ६ सय ८३ मत लिएका थिए ।

टीकापुर ९ मा माओवादी केन्द्रकै लौटन चौधरी दोस्रो कार्यकालका लागि ७१६ मत ल्याएर विजयी भएका छन् । कांंग्रेसका विजय धामीले ५ सय १३ मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादीबाट नै महिला सदस्य लाली चौधरी, दलित महिला सदस्य दिलु विक, सदस्यमा किरण चौधरी र भरत साउँद विजयी भएका छन् ।

टीकापुर ५ भने नागरिक उन्मुक्ति पार्टीको पूरै टिम विजयी भएको छ । वडाध्यक्षमा नागरिक उन्मुक्तिका बलवीर थारुसहित उनको पूरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा थारुले ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका हुन् ।