नेपालगन्ज २१ र २२ वडामा ३५ प्रतिशत मत बदर

नेपालगन्ज : स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ र २२ मा ३५ प्रतिशतसम्म मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार नेपालगन्ज २२ मा कूल मत दुई हजार आठ खसेको थियो । ६९३ मत बदर भयो । वडामा कूल खसेको मतमा ३४.५१ प्रतिशत मत त बदर नै भयो । नगरमा वडा नं. २१ मा त ३५.४७ प्रतिशत मत बदर भएको छ । वडामा कूूल दुई हजार ९३७ मत खसेकोमा १०४२ मत बदर भएको छ । संख्याको हिसाबले नेपालगन्ज २० मा सबैभन्दा बढी १ हजार ५३८ मत बदर भएको छ । वडामा कूल खसेको पाँच हजार ९१९ मतको २५.९८ प्रतिशत मत बदर भएको छ । नेपालगन्जमा निर्वाचन सम्पन्न भएका वडा नंं. १ मा ९.१० प्रतिशत, वडा नं. २ मा १९.३५ प्रतिशत, वडा नं. ३ मा १८.३१ प्रतिशत, वडा नं. २३ मा २२ प्रतिशत मत बदर भएको छ ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाई पूरै बदर कम भएको बताउँछन् । उनले प्रष्ट पारे, ‘दुई वटै चुनाव चिन्हमा मतदान गरिएको, स्वस्तिक चिन्हको ठाउँमा औठा छाप लगाएको, बक्स भन्दा बाहिर मतदान गरेर बदर भएका धेरैै छन् ।’