एन्फा केन्द्रीय सदस्यमा बाँकेका शाहीको उम्मेदवारी

नेपालगन्ज : अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय सदस्यमा एन्फा बाँके अध्यक्ष भोजराज शाहीले पनि उम्मेदवारी दिएका छन् । शाहीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् ।