एसओएस बालग्रामको ५०औं वार्षिकोत्सवमा ४२ जनाद्वारा रक्तदान

नेपालगन्ज : एसओएस बालग्रामको ५०औं वार्षिकोत्सवको अवसरमा आइतबार नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्जको जनमत अद्र्धसाप्ताहिक पत्रिकाको नियमित त्रैमासिक रक्तदानको ५३औं श्रृङ्खलामा एसओएस युवालयसँगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी, नियमित स्वयम्सेवी रक्तदाता गरी ८ महिलासहित ४२ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा पत्रकारहरु झलक गैरे, शंकरप्रसाद खनाल, जागेश्वर थारु, शम्भुप्रसाद थारु, प्रमोद डि.जी., दिला शाहका साथै स्मारिका श्रेष्ठ, स्वेता विष्ट, नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, भगवान शरण यादव, विनोदकुमार वैश्य, गौतमप्रसाद पौडेल, भगवान शरण यादवले रक्तदान गरेका थिए । त्यसैगरी एसओएस युवालय, नेपालगन्जका सिनियर काउन्सिलर लक्ष्मण कार्की, सहायक निर्देशक मीना भुसाल तुलाधर, एसओएस युवालय, नेपालगन्जका विद्यार्थीहरु सम्झना खड्का, सपना सिजापति, स्वेच्छा गिरी, सुस्मिता वि.सी.लगायतले रक्तदान गरेका थिए ।
त्यसैगरी असरफ शेष, मोहम्मद असलम शेष, मानबहादुर खत्री, मनबहादुर केसी, युवराज ढकाल, नारायण प्रसाद केसी, रुसतम अली दर्जी, लक्ष्मणबहादुर कार्की, दिनेश तमोली, राजेन्द्र ्कुमार सोनी, पृथ्वी सिंह, रोमन शाही, जगत जंग शाही, प्रमोद चौधरी, अभिनवकुमार सिंह, वीरबहादुर हमाल, इच्छाराम यादव, दुर्गा चौधरी, सञ्जय बढहीलगायतले रक्तदान गरेका थिए ।
एसओएस युवालय, नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिक सोमप्रकाश सापकोटा, निरुपता बि.सीलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, शिवराज शाही, निरुपता बिसीले प्राविधिक टोली र आकाश जायसवालले रक्तदान कार्यक्रमा सहयोग गरेका थिए ।