भारतबाट अवैध रुपमा कुखुरा आयात, व्यवसायीद्वारा सिडियोलाई ध्यानाकर्षण
नेपालगन्ज : बाँकेका विभिन्न नाकाबाट अवैध रुपमा कुखुरा आयात भइरहेको छ ।
कुखुरा व्यवसायीले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई अवैध ओसारपसार रोक्न आग्रह गरेका छन् । कुखुरा व्यवसाय मन्च बाँकेका अध्यक्ष धर्मराज पोख्रेलले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रिलाई ध्यानाकर्षण पत्र बुझाउँदै वर्षौदेखि भारतबाट अवैध रुपमा कुखुरा भित्रिदा नेपालका किसानले गरेको लगानी सुरक्षित हुने वातावरण नभएको बताए । भारतबाट हुने अवैध कुखुरा आयातले किसान मारमा परेको र समग्र व्यवसायलाई असर पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अधिकांश पसलहरुमा नेपाली कुखुरा भन्दा पनि भारतीय कुखुरा आयात गरि बिक्रि वितरण गरेकाले व्यवसाय नै चौपट बनेको अध्यक्ष पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी खत्रीले समन्वय सहकार्यबाटै अवैध कुखुरा ओसारपसार रोक्न सकिने भन्दै हातेमालोका लागि अग्रसर भइदिन सरोकारवालासँग आग्रह गरे ।