बाँकेको बद्री नारायण शिव मन्दिरबाट विषालु रसेल भाइपर सर्पको उद्दार

रमेशकुमार यादव । बालापुर
बाँकेको डुडुवा गाउपालिका ५ बालपुरको बद्री नारायण शिव मन्दिरमाबाट रसेल भाइपर सर्पको उद्दार गरिएको छ ।
डिभिजन वन कार्यालयको कम्दी चेक पोस्ट्को जमदार कमल बुढाथोकीका अनुसार डिभिजन वन कार्यालय बाँकेको टोलीले बिहीबार साँझ करिब ६ फिट लामो र १.५ किलो तौलको रसेल भाइपर सर्पको उद्दार गरिएको छ । कम्दी इलाका प्रहरी कार्यालय र स्थानीयको पहलमा बद्री नारायण शिव मन्दिरको पूजारी, डिभिजन वन कार्यालय कम्दी चेक पोस्ट्लाई जानकारी दिएका थिए । रसेल भाइपर अत्यन्तै विषालु सर्प हो । यो सर्पले डस्दा आँखा, कान र नाकबाट रगत आउँछ । शरीरभरि आन्तरिक रक्तस्राव गराउँछ ।