एमाले नेपालगन्जले सम्झ्यो १५ दिने प्रशिक्षणका वक्ता र सहभागीलाई

नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज नगर कमिटीले आयोजना गरेको १५ दिने प्रशिक्षण कार्यक्रमका प्रशिक्षक र सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
४४औं पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार नेपालगन्जमा आयोजित विचार गोष्ठी तथा प्रमाणपत्र वितरण कार्यक्रममा एमाले केन्द्रीय सचिप तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्यका अनुसार असार १५ देखि३० गतेसम्म नगरका २३ वटा वडाका पदाधिकारी र सदस्यलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वक्ताहरुले नेपालमा पुगपलालको योगदानको बारेमा चर्चा गरेका थिए ।