प्रेस युनियनको बरिष्ठ उपाध्यक्षमा बाँकेका प्रेम केसी निर्वाचित
नेपालगन्ज : नेपाल प्रेस युनियनको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा बाँकेका बरिष्ठ पत्रकार प्रेम केसी निर्वाचित भएका छन् ।
आइतबार हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केसी निर्वाचित भएका हुन् । अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत केसी यसअघि प्रेस युनियनको उपमहासचिव थिए । प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । उनले यसअघि महासचिवको भूमिका निर्वाह गरिसकेका छन् । उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा, महासचिवमा दीलिप पौडेल, उपाध्यक्ष (महिला) सलोजा दाहाल, उपाध्यक्ष (बागमती) जीवन भण्डारी, उपाध्यक्ष (लुम्बिनी) माधव अर्याल विजयी भएका छन् । निर्वाचन समितिले अन्तिम मतपरीणाम भने सार्वजनिक गरेको छैन । अन्य पदहरुमा मत गणना जारी रहेको छ ।