खक्रौला हेल्थ डेस्कबाट ५ हजार बढीलाई सेवा
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको खक्रौला हेल्थ डेस्कबाट एक वर्षको अवधिमा ५ हजार १६८ जनाले सेवा लिएका छन् ।
हेल्थ डेस्कका प्रमुख अहेव मकेन्द्र रोकायाका अनुुसार टीकापुर नगरपालिका ९ खक्रौलास्थित नेपाल भारतको सीमा नाकामा रहेको हेल्थ डेस्कबाट आर्थिक वर्ष २०७८ ÷२०७९ मा ५३८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ भने ८१४ जनालाई कोरोना चेकजाच गर्दा ५७ जनालाई कोरोना पोजेटिभ देखा परेको समेत जानकारी दिएका छन् । हेल्थ डेस्कबाट अन्य सेवा समेत दिने गरेको जसमा मलेरिया एचआइभी, प्राथामिक उपचारलगायत परिवार नियोजन सम्बन्धी सेवा समेत दिने गरेको रोकायाले जानकारी दिए । अन्य सेवा एक वर्षमा ३ हजार ८ सय १६ जनालाई दिइएको बताए । नाकाबाट कैलालीको टीकापुर, जानकी गाउपालिका लम्कीचुहा नपा र बर्दिया जिल्लाका र सुर्खेत जिल्लाका मानिस आवतजावत गर्ने गरेको अहेव रोकायाले जनाएका छन् ।