स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा शाह

नेपालगन्ज : नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन भएकी छन् ।
समाज बाँकेका अध्यक्ष पदमा बस्नेत (पिन्की)को अध्यक्षतामा शुक्रबार नेपालगन्जमा बसेको सक्रिय स्वयंसेवी रक्तदाताहरुको बैठकले शाह अध्यक्ष रहेको ११ सदस्यीय बाँके शाखा पुनर्गठन गरेको हो । समाजको उपाध्यक्ष मनबहादुर केसी, सचिव भीष्म लोध र कोषाध्यक्ष मनमोहन वर्मा चयन भएका हुन् । यसैगरी समाजको सदस्यहरुमा रुपा गहतराज, दिनेश ठाकुर, मीना तुलाधर, सुनिल परियार, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, होमराज गिरीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । बैठकले समाजको रक्तअभियन्ताहरुको ७ सदस्यीय सल्लाहकार गठन गरिएको छ । वरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, झलक गैरे, शंकरप्रसाद खनाल, राकेशकुमार मिश्र, पदमा बस्नेत (पिन्की), समाजसेवी माधवराम वर्मा र पवन जायसवाललाई समाजको सल्लाहकार चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शाहले रक्तदान जस्तो उत्कृष्ट निःस्वार्थ मानव सेवा अरु कुनै नभएकाले रक्तदान गरेर सहयोग गर्न आग्रह गरेकी छन् । उनले रक्तदान सचेतना अभियान पनि सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।