लामखुट्टे मार्न स्वास्थ्य प्रोटोकल बाधक छ : नगर प्रमुख विष्ट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लामखुट्टे मार्न स्वास्थ्य प्रोटोकल बाधक बनेको बताएका छन् ।
नगर प्रमुख विष्टले बुधबार नगरवासीका नाममा एक सन्देश प्रवाह गर्दै लामखुट्टे मार्न औषधि छर्किने कार्य नेपाल सरकारले आफ्नो रोग नियन्त्रण प्रोटोकलमा नराखेकाले सम्भव नभएको बताए ।
नगरवासीले किटनाशक औषधि छर्ने माग बढिरहेको अवस्थामा सरकारी तहबाट र विश्व स्वास्थ्य संगठनले समेत लामखुट्टे मार्न यो प्राथमिकतामा नराखेकोले सो कार्य नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रण प्रोटोकलमा समावेश नगरेकाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि सो कार्य लागू नगरेको बताएका छन् । लामखुट्टे मार्ने स्प्रेको प्रभावकारिता र साइड इफेक्ट रहेको छ । डेङ्गी रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।