दशैं : गाउँगाउँमा पिङको रमाइलो (फोटो फिचर)

बगनाहा (बर्दिया) : दशैंको अवसरमा गाउँगाउँमा पिङ बनाइयो छ ।
गाउँघरमा बालबालिका, युवायुवती सबै पिङ खेलेर रमाइलो मनाइरहेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ वनवीरपुर गाउँमा पनि जंगलको किनारमा पिङ बनाइएको छ ।

चुरे जनजागृति युवा क्लबले बनाएको पिङ खेल्न दिनभरी बालबालिकाहरु झुमिरहेका छन् । हरेक वर्ष पिङ बनाउने गरेको क्लबका पूर्वअध्यक्ष विवेक प्रभात खनालले जानकारी दिए ।