ग्रस्तास्त खण्डग्रास (सूर्य ग्रहण) लाग्यो

नेपालगन्ज : मंगलबार ग्रस्तास्त खण्डग्रास (सूर्य ग्रहण) लागेको छ ।
काठमाडौंमा अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५:२४ मिनेटमा ग्रहण हटेको थियो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार बेलुकी ५ः२४ बजे सूर्यास्त भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छाडेको थियो ।