तिहार २०७९ : भाइटीकाको साइत बिहान ११ : ३७

नेपालगन्ज : यो वर्ष यमपञ्चक अर्थात तिहारको भाइटिकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार साइत खोज्नेले बिहान ११ः३७ बजे उत्तर फर्केर टीका लगाउनु पर्ने बताए । अध्यक्ष अधिकारी भन्छन्, ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउनु शुभ रहेको छ ।’