दिउँसो ४ : ५२ बजे सूर्य ग्रहण लाग्दै

नेपालगन्ज : कात्तिक कृष्ण औँसीका दिन मंगलबार ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार दिउँसो ४ः५२ बजेबाट सुरु भएर नेपालमा ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।