सांसद नमूनाद्वारा बाँकेमा एउटै निर्वाचन क्षेत्रमा दोहोरो जितको रेकर्ड !

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी नमूनाले बाँके क्षेत्र नं. १(१)बाट एउटै निर्वाचन क्षेत्रबाट लगातार दोस्रो जितको रेकर्ड बनाएकी छन् । २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नमूनाले यो निर्वाचनमा ९ हजार १०३ मत ल्याएर विजयी भएकी हुन् । उनले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई एक हजार १३७ मतान्तरले विजयी भएकी हुन् । चौधरीले ७ हजार ९६६ मत ल्याएका छन् । राप्रपा एमाले गठबन्धनका नरेन्द्रकुमार पौडेलले ७ हजार २८५ मत ल्याएर तेस्रो भएका छन् ।
अस्थिर मतदाता रहेको बाँकेमा एउटै क्षेत्रबाट लगातार एकै व्यक्तिले जितेको विरलै छ । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका प्रेमबहादुर भण्डारीले २०५१ र ०५४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी बाहेक अरुले एकै निर्वाचन क्षेत्रबाट लगातार दोहोरो जित निकालेका थिएनन् ।