बाँके–२ : डा.धवल ६०५७ मतान्तरले विजयी

बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.धवल शम्शेर राणा

नेपालगन्ज : बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शम्शेर राणा ६ हजार ५७ मतले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीका अनुसार राणाले २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टी नेपालका मोहम्मद इस्तियाक राईभन्दा ६ हजार ५७ मतान्तरले जितेका हुन् । राईले २३ हजार ५२० मत ल्याएका छन् । नेपाली कांग्रेसको गढ मानिएको बाँके क्षेत्र नं. २ मा कांग्रेसका सुदीपनरसिंह राणाले भने चार हजार ४०३ मत मात्र ल्याएका छन् । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरिले एक हजार ३३३ मत ल्याएका छन् ।
बुधबार बिहानसम्म बाँके क्षेत्र नं. १ मा एमालेका सूर्यप्रसाद ढकाल १२ हजार ४२३ मतले नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक भन्दा अघि छन् । अथकले १० हजार ८८३ मत ल्याएका छन् । त्यसैगरी बाँके क्षेत्र नं. ३ मा कांग्रेसका किशोर सिंह राठौरको अग्रता छ । राठौरले १५ हजार २६९ ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका किश्मतकुमार कक्षपतिले १२ हजार ७५० मत ल्याएर पछ्याइरहेका छन् ।