नेपालगन्जमा रत्नराजमार्ग अवरुद्ध (फोटो फिचर)

नेपालगन्ज : ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर रत्नराजमार्गको नेपालगन्ज खण्ड सोमबार दिनभर नै अवरुद्ध भएको छ ।


दैलेख स्थायी घर भइ नेपालगञ्जस्थित होप स्कुलमा१२ कक्षामा अध्ययनरत १८ वर्षीय तेजन थापा मगरलाई गत शनिबार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछि पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दैै सडक अवरुद्ध गरेका हुन् ।


प्रदर्शनकारीले नेपालगन्जको कारकाँदो, धम्बोझी, न्युरोड, पुष्पलालचोक लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगन्ज कोहलपुर सडकखण्डमा दिनभर सवारी आवागमनमा समस्या भएको थियो । समस्या समाधानका लागि बस व्यवसायी र पीडित पक्षबीच वार्ता तथा छलफल प्रयास भइरहेको बाँकेका प्रहरी प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए ।