सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभा सम्पन्न

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा नारायणपुर सामुदायिक सिकाइ केन्द्रको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभामा सामाजिक परिचालक खुमा तिवारीले आर्थिक वर्ष २०७८/२०७९ को ३ लाख ४७ हजार ६४ रुपैयाँ आयब्यय प्रस्तुत गरेकी थिइन् । २०७९/०८० को ४ लाख ३७ हजार ३ सय ६४ बराबरको अनुमानित आयब्यय सार्वजनिक गरिएको थियो ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्षता भएको साधारणसभामा टीकापुर नगरपालिका शिक्षा उप–सचिब दमनसिंंह चौधरी, टीकापुर-७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा न ६ का अध्यक्ष बलिराम चौधरी, वडा न ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला, नव दुर्गा महिला समूहका अध्यक्ष उमा भट्टराई, गोदावरी माहला समूहका अध्यक्ष सुशीला बस्नेत, कालिका इङ्लिस स्कुलका अध्यक्ष नृप कडायत, वीपी निकुञ्ज सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु कडायत, डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानालगायतले संस्थाको सफलताको कामना गरेका थिए ।