टाटाको नेक्सन इभी म्याक्स विद्युतीय कारको नेपालगन्जबाट बिक्री सुरु

नेपालगन्ज : टाटा मोटर्सको विद्युतीय कार नेक्सन इभी म्याक्सको नेपालगन्जमा बिक्री सुरु भएको छ ।
टाटा नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नेक्सन इभी म्याक्स नेपालगन्जको राँझास्थित रुद्रप्रिया इन्टरनेशनलमा विहीबार सार्वजनिक गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, संघका महासचिव चिरञ्जीवी ओली, सिप्रदी ट्रेडिङ्गका डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री तथा डिलर पार्टनर माधव शर्माले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी रहेको बिक्रेताले दाबी गरेका छन् । गाडीमा ७.२ किलोवाटको वैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । नेक्सन इभीको मोल ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।