डिजिटल ट्रान्समिटरबाट रेडियो कृष्णसारको प्रसारण सुरु

: बाँकेको रेडियो कृष्णसारले बिहीबारदेखि नयाँ स्टुडियोबाट प्रसारण सुरु गरेको छ ।
पश्चिम नेपालको लोकप्रिय रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले २ हजार वाट क्षमताको डिजिटल ट्रान्समिटरबाट टेरेस्टोरियल प्रसारणका साथै अत्याधुनिक स्टुडियोबाट मोबाइलमैत्री अडियोभिजुअल सामग्री प्रसारण गर्नेछ ।
पछिल्लो समय सामाजिक सञ्जालको उपयोग बढ्दै गएकाले रेडियो सेट र मोबाइल सेट दुबैमा स्रोताले चाहेको बेला लाइभ वा रेकर्डेड सामग्री सुन्न वा हेर्न मिल्ने व्यवस्था सहित तयारी गरिएको रेडियो सञ्चालक संस्था समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष तुला अधिकारीले बताए । यी अभ्यासको परीक्षण भइरहेको रेडियोले जनाएको छ । २०६५ साल चैत्र १४ गतेदेखि प्रसारणमा रहेको सामुदायिक रेडियो कृष्णसार एफएम हरेक दिन बिहान साढे ५ बजेदेखि रात्री १० बजेसम्म प्रसारण हुन्छ ।