तिज विशेष फिचर प्रतियोगितामा रजनी प्रथम

नेपालगन्ज : नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत पत्रकार रजनी योगी तिज विशेष फिचर प्रतियोगितामा प्रथम भएकी छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले महिला पत्रकारका लागि आयोजना गरेको तिज विशेष फिचर लेखन प्रतियोगितामा योगीले लेखेको ‘तीजलाई अवसरमा बदल्ने कर्मठ नारी’ शीर्षकको सिलाइ कटाइमा लागेका महिलाको विषयको फिचर प्रथम भएको हो ।

प्रतिनिधिसभा सदस्य आशा विकले बिहीबार नेपालगन्जमा योगीलाई नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतियोेगितामा सरला सुवेदी दोस्रो, सावित्री विश्वकर्मा तेस्रो र शिवानी विकले सान्त्वना पुरस्कार जितेका छन् । दोस्रो, तेस्रो र सान्तवनालाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महिलाहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रेस युनियन बाँकेले खुल्ला रुपमा तीजसँग सम्बन्धी रहेर फिचर स्टोरी लेखन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा जिल्लामा कार्यरत नौ जना महिला पत्रकारले भाग लिएको प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिए । प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उप प्रमुख उमाथापा मगर (संयोजक), नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाह र गोरखापत्र दैनिकका बाँके संवाददाता सावित्री गिरी सदस्य रहेको छनौट समितिले ९ जना महिला पत्रकारको फिचरबाट चार वटालाई पुरस्कृत गरेको हो । महिला पत्रकारले लेखेका फिचरहरु समेटेर प्रेस युनियनले तिज विशेष मासिक बुलेटिन प्रकाशित गरेको छ ।