लायन्स क्लबद्वारा भूकम्पले भत्किएका जाजरकोटका स्कुलमा ५८ कक्षाकोठा बनाउन सुरु

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनलले भूकम्प प्रभावित जाजरकोटका सामुदायिक विद्यालयको भवन पुननिर्माण सुरु गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि सुरक्षित विद्यालय भवन निर्माण अभियानको रुपमा विद्यालयकोे भवन बनाउने समझदारीमा भेरी नगरपालिका प्रमुख सीपी घर्ती र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक काउन्सिल नेपालका चेयर पर्सन सीबी चन्दले बुधबार जाजरकोटमा हस्ताक्षर गरेका हुन् ।

त्यस लगत्तै भेरी नगरपालिका १ रिम्नामा रहेको भेरी त्रिवेणी माविमा लायन्सको एलसीआइएफ चेयर पर्सन ब्रेन इ.सिहानले विद्यालय भवनको शिलन्यास गरेका थिए । सो कार्यक्रममा लायन्सका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकाल, लगायत विभिन्न डिष्ट्रिकका गर्भनरको सहभागिता रहेको थियो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका सेक्रेटरी उमा थापा मगरले समझदारी अनुसार भेरी नगरपालिकाको वडा नं. १, २, ३ र ४ का १५ विद्यालयमा ५८ वटा कक्षा कोठा निर्माण गर्नेछ ।

विद्यालय भवन बनाउन लायन्सको एलसीआइएफबाट ५० हजार डलर र डिष्ट्रिक सी, डी, इ, एफ, जी, एच, आइ, जे, के, एल, एम, एन, पी, एसबाट थप ५५ हजार रुपैयाँ गरी एक करोड २१ लाखमा निर्माण हुनेछ ।