स्प्रिङ डेल स्कुलद्वारा वैज्ञानिक पुन र साहित्यकार रेग्मीलाई सम्मान

नेपालगन्ज : बाँकेको स्प्रिङ डेल एकेडेमीले वैज्ञानिक महावीर पुन र साहित्यकार सनत रेग्मीलाई सम्मान गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदोमा रहेको विद्यालयको शनिबार नेपालगन्जमा सम्पन्न १८औँ वार्षिकोत्सवमा युवा पुस्तालाई उत्प्रेरणा दिएको भन्दै वैज्ञानिक पुनलाई र नेपाली साहित्यको क्षेत्रमा योगदान गरेको भन्दै कथाकार रेग्मीलाई सम्मान गरिएको हो । सोही अवसरमा पाँच उत्कृष्ट शिक्षक शिक्षिकालाई रविद्यालयभन्दा बाहिरका क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद पुरस्कार वितरण गरिएको विद्यालयका प्रार्चाय शरद रावलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख कमरूद्दीन राईले शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक भएकोमा जोड दिदै विद्यालयबाट भविष्यका कर्णधार उत्पादन हुने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले आफ्नो पुस्तक विद्यालयका विद्यार्थीहरुका लागि भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनप्रति रुची बढाउन आग्रह गरे ।

स्प्रिङ डेल एकेडेमी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममासाहित्यकार रेग्मी, कर्णाली प्रदेश तालिम केन्द्रका समादेशक राजेन्द्रप्रसाद भट्ट, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा गोर्खबहादुर थापा, प्याब्सन केन्द्रीय सदस्य सुनिलकुमार गुप्ता, डा. सत्य शाह, प्याब्सन बाँके अध्यक्ष यमबहादुर रावत, प्याब्सन नगर अध्यक्ष विकास बजाचार्य, लगायतले विद्यालयको रचनात्मक कार्यको प्रशंशा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका संगीता तिमिल्सिनाले र स्वागत मन्तव्य शिक्षक तपेन्द्र रावलले गरेका थिए । गायिका गौरी भट्टले डेउडा गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

विद्यार्थीहरुले विभिन्न विभिन्न भाषाभाषिका २१ वटा नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न स्टल राखी प्रर्दशनी गरेका थिए । विद्यार्थीले मःम, पानीपुरी र चट्पटे, जलेबी र रसभरी, मासका फुरौँला, जुस र पानी, सेल रोटी र अचार, सोर्मा र चाउमिन बनाएर बिक्री गरेका थिए ।