वडा स्तरीय फुटबल : टीकापुर-१, ५ र गेरुवा-४ विजयी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर ७ मा जारी खुल्ला वडा स्तरीय फुटबल प्रतियोगितामा टीकापुर नगरपालिकाका वडा नं. ५ , १ र गेरुवा गाउँपालिकाको वडा नं. ४ विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेल टीकापुर ५ र राजापुर नगरपालिका वडा न ६ बीच भएको थियो । खेलमा टीकापुर ५ पेनाल्टी सुटआउटमा जित हासिल गरेको थियो । त्यसै गरी प्रतियोगिताको दोश्रो खेल भजनी नगरपालिका ५ र गेरुवा गाउपालिका वडा न ४ बीच भएको थियो । जसमा गेरुवा गाउपालिका वडा न ४ ले शून्यका विरुद्ध १ गोल अन्तरले विजयी भएको थियो । त्यसैगरी
टीकापुर नगरपालिका वडा न ६ बी र टीकापुर नगरपालिका वडा न १ बीबीच भएको खेलमा टीकापुर १ बी विजयी भएको थियो । खेलमा टीकापुर नगरपालिका वडा न १ बीले टीकापुर नगरपालिका वडा न ६ बीलाई शून्यका विरुद्ध २ गोल गरेर विजयी भएको थियो । शनिबार क्वाटर फाइनलका खेल हुनेछन् । जसमा टीकापुर नगरपालिका वडा न ५ र टीकापुर नगरपालिका वडा न १ एका बीच पहिलो प्रतियोगिता हुनेछ । दोश्रो खेल राजापुर नगरपालिका वडा न ८ र टीकापुर नगरपालिका वडा न १ बी बिच प्रतिस्पर्धा रहने सञ्चालक समितिका संयोजक महेश रावलले जानकारी दिए ।
शुक्रबार वडाध्यक्षको नेतृत्वमा टीकापुर वडा न ७ र वडा न ८ बीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा पेनाल्टी शुटआउटबाट टीकापुर ७ विजयी भएको थियो। त्यसैगरी शनिबार वडा न ६ र वडा न ६ बीच पनि अर्को मैत्रीपूर्ण खेल हुनेछ ।