पाटेबाघको छालासहित युवक पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले पाटेबाघको छालासहित एक जना युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–२ पाक्माका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई गोप्य सुराकीको आधारमा नेपालगन्ज उपमहानगरपालिका– २ पुष्पलाल चोकस्थित रोयल महाबुव होटलको कोठा नम्बर १०१ बाट उनी बुधबार दिउँसो पक्राउ परेका हुन्।
झोलामा लुकाइराखेको पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको छ । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।