पृथ्वीपुर छोटी भन्सारद्वारा ८ महिनामा साढे २४ लाख राजस्व संकलन

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय लालबोझीले आठ महिनामा साढे २४ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार कार्यालय प्रमुख सुरेश मन्नीका अनुसार चालु आर्थिक वर्षको फागुन महिनाको मसान्तसम्म कार्यालयले २४ लाख ६५ हजार पाँच सय ५९ रुपैयाँ राजस्व संकलन गरेको हो ।
भजनी नगरपालिका वडा न ५ लालबोझीमा रहेको छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा २ लाख ४१ हजार, भदौमा सबैभन्दा बढी ५ लाख ६६ हजार, असोजमा ४ लाख ३ हजार, कार्तिकमा ४ लाख ३९ हजार, मंसिर महिनामा ३ लाख १० हजार, पुसमा २ लाख ९७ हजार, माघ महिनामा १ लाख ९४ हजार र फागुन महिनामा २ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख मन्नीले बताए ।

छोटी भन्सार कार्यालयले घरायसी प्रयोगका लागि ल्याउने सामान विद्युतीय सामान, पानी तान्ने मोटर, मोटर साइकल, ट्रयाक्टरका पार्टस, प्लाष्टिकका खेलौना नल्का तथा बोरिङ्गका पाइप, त्रिपाल लगायतका सामान आयात हुने गरेको र सोही सामानबाट राजस्व संकलन गरेको हो । छोटी भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३४ लाख ३९ हजार ५ सय ८६ रुपैया राजस्व संकलन गरेको थियो । केही वर्ष अघि यस छोटी भन्सार कार्यालयमा वार्षिक चार पाँच लाख रुपैयाँ मात्रै राजस्व संकलन हुने गरेको थियो । भजनी क्षेत्रमा रहेका शसस्त्र प्रहरी नेपाल प्रहरीको सीमा नाकामा निगरानी बढाएपछि दिनप्रतिदिन राजस्वमा वृद्धि भएको सरोकारवालाहरु बताउँछन् ।