सत्ती भन्सारको हरेक वर्ष औसत ९ करोड राजस्व, ५ वर्षमा साढे ४५ करोड संकलन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती भन्सार कार्यालयले हरेक वर्ष नौ करोड राजस्व संकलन गरिरहेको छ । कार्यालयले पाँच वर्षमा साढे ४५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो भन्सार कार्यालय टीकापुर नगरपालिका वडा न ९ खक्रौलामा रहेको छ । विगतमा छोटी भन्सार थियो । स्तरोन्नती भएर मुल भन्सार कार्यालय भएको हो ।
कार्यालय प्रमुख धनबहादुर शाहीका अनुसार पाँच वर्षमा ४५ करोड ५० लाख ५८ हजार राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ६९ लाख ११ हजार राजस्व संकलन गरेको थियो भने आव २०७६/०७७ मा ५ करोड ८० लाख ७ हजार उठाउन सकेको भन्सारको अभिलेखमा छ । त्यस्तै आव २०७७/०७८ मा १५ करोड ८३ लाख ७ हजार, आव २०७८/०७९ मा १० करोड ६७ लाख ९३ हजार र आव २०७९/०८० मा ७ करोड ५० लाख ४० लाख राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको ८ महिनामा ७ करोड भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख धनबहादुर शाहीका अनुसार श्रावण महिनामा ७१ लाख ९ हजार ७ सय ५२ रुपैया राजस्व संकलन गरेको छ । त्यसैगरि भदौ महिनामा सबैभन्दा बढी एक करोड ११ लाख ८० हजार ९९२, असोजमा ६२ लाख ६१ हजार, कार्तिकमा ९२ लाख ३५ हजार ,मंसिरमा एक करोड २४ लाख ४ हजार, पुसमा एक करोड ४२ लाख ७१ हजार ४५४ ,माघमा ६६ लाख ५७ हजार ९८७ र फागुनमा ५६ लाख ११ हजार ४४८ रुपैयाँ गरी चालू आव आठ महिनामा ७ करोड २७ लाख ३१ हजार ७३३ रुपैयाँ संकलन गरेको छ । खक्रौला भन्सार नाकाबाट कम्पाइन, कपडा , हार्डवेयर, मोटरसाइकल, ट्रयाक्टरका पार्टस , इलेक्ट्रोनिकका लगायतका सामान आयत हुने गरेको प्रमुख शाहीले बताए । यस भन्सार भएर आयात हुने सामान नेपालका बजार टीकापुर , लम्की, बौनिया बर्दिया जिल्लाको राजापुर , शान्तिबजार, र सुर्खेत लगायतका बजारमा जाने गरेको समेत जानकारी दिए । चालू आव १२ करोड एक लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य छ ।