कैलालीको सत्ती क्षेत्रमा बाघ आतंक

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती लगायत आसपासका बासिन्दा बाघको त्रासमा रहेका छन । टीकापुर ७ सत्तीमा शनिबार राति योगेन्द्र जैशीको ब्याउने बाख्रा खाएपछि स्थानिय त्रसित भएका हुन्
हुलाकी सडक र सत्ती रिङ्गरोडमा समेत रातिको समयमा हिड्न यात्रुलाई समेत चिन्ता हुन थालेको छ । टीकापुर ८ का इन्द्र महरको भैसीका पाडा पनि केहि दिन अघ भैसीको पाडो बाघको आक्रमणबाट गोठमै मृत भेटिएको थियो । गाउँ नजिक सत्ती कर्णाली सामुदायिक वन रहेको उक्त वनबाट आएको बाघले पहिला ककुरलाई खाने गरेको थियो । अब गाउँ पसेर घरपालुवा जनावर खान थालेपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीय चिन्तित हुन थालेका छन् ।