कैलालीको सामुदायिक सहकारीद्वारा २२ करोडको कारोबार

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ सत्तीको सामुदायिक सहकारी संस्थाले २२ करोड ९ लाख ६० हजार ८४ रुपैयाँको कारोबार गरेको छ ।
सहकारीको शनिबार सम्पन्न २४ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले आर्थिक वर्ष २०८०र ०८१ मा ७३ लाख २३ हजार ४२५ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।
२०५७ साल भाद्र १ गतेका दिन ८६ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीमा २२ सय ७१ जना शेयर सदस्य रहेका छन् । जसको शेयर पूँजी एक करोड ७३ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ । निक्षेप बचत १४ करोड ८२ लाख ९६ हजार २८२ रुपैयाँ रहेको छ भने ऋण लगानी १५ करोड ८२ लाख ८६ हजार ९६१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष पलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु थिए । टीकापुर ६ का वडाध्यक्ष बलीराम चौधरी, वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, सहकारी संस्थाका सदस्य कृष्ण धमलाको स्वागत मन्तव्य दिएको साधारण सभामा शेयर सदस्य नवराज ढुङ्गाना, सामुदायिक सिकाइ केन्द्रका निवर्तमान अध्यक्ष छविलाल जैशी, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कोइराला, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायत, सामुदायिक सहकारी संस्थाका पूर्वअध्यक्ष जंगबहादुर साउँद, र निवर्तमान अध्यक्ष हरिकुमार कार्की लगायतले साधारणसभाको सफलताको कामना गरेका थिए ।
साधारणसभाको अवसरमा १२ कक्षा पास गरेका कर्णाली मावि सत्तीका अनु चौधरी, त्रिभुवन मावि बटनपुरका जगतबहादुर तारामी र सरस्वती मावि नवलपुरका सरस्वती चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कृषकमध्येका विश्राम कुश्मी र रामप्रसाद चौधरीलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा १२ जना जेष्ठ शेयर सदस्यहरुलाई कम्बल प्रदान गरिएको थियो।
सहकारीले शेयर सदस्यको मृत्यु भएमा किरिया खर्च वापत १० हजार, घातक रोग लागेमा १५ हजार सहयोग समेत गरिरहेको छ । सहकारीले टीकापुर क्षेत्रमा मल बिउको कारोबार गर्छ । ग्रामीण क्षेत्रमा रेमिटान्सको समेत सेवा दिइरहेको छ ।