लायन्सको डिष्ट्रिक गर्भनरमा श्रेष्ठ, प्रथम र द्वीतिय भाइस डिष्ट्रिक गर्भनरमा चपाइ र चेटौतको उम्मेदवारी घोषणा

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको वर्ष २०२५–२०२६ का लागि डिष्ट्रिक गर्भनरमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, प्रथम र द्वीतिय भाइस डिष्ट्रिक गर्भनरमा क्रमशः टीकाराम चपाइ र डा. नेत्रराज चेटौतले उम्मेदवारी घोषणा गरेका छन् । शत्प्रतिशत भोट अभियान समितिले मंगलबार नेपालगन्जमा आयोजना गरेको मीट एण्ड ग्रीट कार्यक्रममा उम्मेदवारी घोषणा गरिएको हो । आगामी १३ वैशाखमा दाङको तुलसीपुरमा तेस्रो वार्षिक डिस्ट्रिक कन्भेन्सन आउन ११ दिन मात्र बाँकी रहँदा डिष्ट्रिकका निवर्तमान प्रथम भाइस डिष्ट्रिक गर्भनर नेपालगन्जका श्रेष्ठले गर्भनरमा, द्वीतिय भाइस डिष्ट्रिक गर्भनरमा सुर्खेतका टीकाराम चपार्ईले र तेस्रो द्वीतिय भाइस डिष्ट्रिक गर्भनरमा महेन्द्रनगरका डा. नेत्रराज चेटौतले उम्मेदवारी घोषणा गरेका हुन् । लायन्स इन्टरनेशनल डिष्ट्रिकको गर्भनर हुन ५० प्रतिशत भन्दा माथि एस भोट ल्याउनुपर्छ । तीनै जना उम्म्मेदवारी घोषणासँगै साझा प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

‘गर्वका साथ सेवा’ भन्ने मूल नारा रहेको प्रतिबद्धतामा पत्रमा झन्डै तीन दर्जन कार्यक्रम आयोजना गर्ने उल्लेख छ । कार्यकाल सुरु हुन भन्दा दुई महिना अघि डिष्ट्रिक नेतृत्व र पदाधिकारीको निर्वाचित भए पनि सपथ ग्रहण र पदवहाल ग्रहणपछि मात्र पद बहाली हुन्छ ।