कान्तिपुर इलेक्ट्रोनिक्सले खोल्यो नेपालगन्जमा एप्पल स्टोर !

नेपालगन्ज : कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा नेपालगन्जले एप्पल स्टोेर सञ्चालनमा ल्याएको छ ।
सेतु विक चोकमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा र धम्बोेझी चोकमा कान्तिपुर इलेक्ट्रोनिक्सबाट एप्पलका सामान बिक्री गर्दै आएका ऋषि कँडेल र प्रकाश कँडेल दाजुभाइले एक करोड रुपैयाँको लागतमा धम्बोझी चोकमा एप्पल स्टोर सञ्चालनमा ल्याउनु भएको हो । चार तारे होटल सिटी प्यालेससँगै जोडिएको होटल कान्तिपुर प्लाजाको भुइँतलामा एप्पल स्टोर रहेको छ ।
ऋषि कँडेलकी ११ वर्षीया छोरी प्रियल कँडेलले बिहीबार दिउँसोे एप्पल स्टोरको उद्घाटन गर्नु भएको हो । उद्घाटनकोे अवसरमा स्टोरले आइफोन बुकिङ गर्ने ११ जना ग्राहकलाई एप्पल एयरपोडमा ४० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
कँडेलका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक खुलेको यो एप्पल स्टोरमा एकम्पनीले उत्पादन गरेका सबै सिरिजका आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाच र एयरपोड्सहरु बिक्रीमा राखिएका छन् । एप्पलका सम्पूर्ण सक्कली एक्सेसरिज पाइनुका साथै मर्मतको व्यवस्था गरिएको छ । अनलाइन बुकिङ, किस्ताबन्दी र निःशुल्क होम डेलिभरीको सुविधा पनि दिइएको कँडेलले बताउनु भयो ।
सञ्चालक प्रकाश कँडेलले एप्पलका गुणस्तरीय उत्पादनका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता हटेको दाबी गर्नुभयो । उहाँले एप्पल भन्दा बाहेकका डीजीआइ, डेबिएल लगायत ब्राण्डका सामान पनि स्टोरमा पाइने उनले प्रष्ट पारे ।