जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा सन्ज्याल
नेपालगन्ज : नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा कुलराज सन्ज्याल निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न चौथो अधिवेशन तथा सातौं साधारणसभाले सन्ज्यालको नेतृत्वमा सर्वसम्मत् रुपमा कार्य समिति चयन गरेको हो । संघको माधव पोखरेल प्रथम उपाध्यक्ष, ईश्वरी पौडेल द्वितिय उपाध्यक्ष, रविन्द्र पौडेल महासचिव, डम्बरबहादुर धामी कोषाध्यक्ष र अकबर हुसेन उपमहासचिव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः रामप्रसाद ढकाल, कृष्णाकुमारी शाही, राजेन्द्र पौडेल, रिजवान अहमद मनोहारी, वसन्त अरियाल, अजित रहमान सिद्धिकी, टेकबहादुर थापा क्षेत्री, राधा वली र बिष्शुनाथ पटवा कार्य समिति ुसदस्यमा निर्वाचित भएका छन् । संघको अध्यक्षमा यसअघि कविराम जैसी थिए ।








