बाँकेका धितालद्वारा सेकेन्ड भाइस डिष्ट्रिक गर्भनरको उम्मेदवारी घोषणा

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको सेकेन्ड भाइस डिष्ट्रिक गर्भनरमा बाँकेका चिन्तामणि धितालले उम्मेदवारी घोषणा गरेका छन् ।
एरिया नंं. ४ को आइतबार नेपालगन्जमा सम्पन्न बैठकले आगामी ५ वैशाख २०८३ मा नेपालगन्जमा हुन गइरहेको चौथो वार्षिक जिल्ला अधिवेशनमा धिताललाई उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको हो ।

धिताललाई उम्मेदवार चयन गर्ने बैठकमा गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, पूर्व गर्भनर मधुसुधन शर्मा र मुकुट ढकाललगायत सिनियर लायन्सकर्मीहरुको सहभागिता रहेको थियो ।