गजल
दुःखी जिन्दगीको कथा लौ अरुभन्दा बेग्लै छ ! उता दुःखी यता दुःखी बाँच्नु पर्ने लौ एग्लै छ !!
नरेन्द्र देवकोटा ‘प्रशान्त’
दुःखी जिन्दगीको कथा लौ अरुभन्दा बेग्लै छ !
उता दुःखी यता दुःखी बाँच्नु पर्ने लौ एग्लै छ !!
सोध्दा सबै ठीक भन्यौ बुझाउँदा बुझेँ भन्यौ
तिम्रो मन जाँच आफै मेरो मन त सँग्लै छ !
गहिराइ नाप्ने भन्छौ यो अनमोल मायाको
नापी हेर तिम्रो भन्दा लौ मेरो माया अग्लै छ !
मेरो माया हिरा जस्तै छ जुन जस्तै झलल
हिमाल भन्दा उच्च छ सागर जस्तै चाग्लै छ !
नगर मायामा भाग नगर म्याथमा जोड
हामी दुईलाई बाँध्ने काफी मायाको दाम्लै छ !
तिमी जे जे भन भन कुनै फरक पर्दैन
भेट होलाकि नहोला लौ माया भने बाख्लैछ !
२०८२/१२/१६ सोमबार, कोहलपुर








