नेपालगन्ज सडक खाना महोत्सव हुँदै

नेपालगन्ज : होटल संघ नेपाल (हान) र होटल व्यवसायी संघ बाँके शाखाले संयुक्त रुपमा नेपालगन्ज सडक खाना महोत्सव आयोजना गर्ने भएका छन् ।
वाटरपार्क क्षेत्रमा आगामी ११–१३ वैशाख २०८३ मा तीन दिने नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन लागिएको हो । मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा हानका जिल्ला अध्यक्ष दिवाकर खनाल र संघका अध्यक्ष भीमलाल कँडेलले स्थानीय परिकार, सांस्कृतिक र पर्यटन प्रबद्र्धन गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्न तथा आन्तरिक र बाह्य पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा रैथाने खानेकुरादेखि स्टार होटलका आधुनिक खाना परिकारको स्वाद लिन स्टल राखिने आयोजकले जनाएका छन् ।








